विप्लवद्वारा मंगलबार नेपाल बन्दको आह्वान
पाेखरा | भदौ ६, २०७९
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताको नाममा पक्राउ पुर्जी जारी गरेको विरुद्धमा सँयुक्त रुपमा चार कम्युनिष्ट पार्टीले भोली (मंगलबार) नेपाल बन्दको आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेकपा माओवादी समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी, र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले पत्र जारी गर्दै संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेका हुन् ।
‘२०७७ फागुन २१ गते नेपाल सरकार र कम्युनिष्ट पार्टीबीच ३ बुदेँ सहमति भएको थियो, पत्रमा भनिएको छ, ‘उक्त सहमतिको बुदाँ नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ भन्ने कुरा उल्लेखीत भएको थियो । तर हालसम्मपनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन । झुठ्ठा मुद्धा खारेज गरिएको छैन ।’
पत्रमा उल्लेख गरिएको छ, ‘उल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ । उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुदेँ सहमतिको विरुद्धमा भएको कुरा निकै खेदजनक, षडयन्त्रमुलक र मुलुकलाई जबरजस्त द्वन्दमा धकेल्ने नियोजित मनसायमा आधारित छ । त्यसैले उक्त ३ बुदेँ सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज हुन आवश्यक छ ।’
एमसिसी, एसपिपी विरुद्धको आन्दोलनमा पक्राउ पुर्जी खारेजी, झुठा मुद्दाको खारेजी, आकासिदो महंगी नियन्त्रण लगायतको माग गर्दै नेपाल बन्दको घोषणा गरिएको पत्रमा उल्लेख छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

